नियम ८७
बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुरा
बोलपत्र सम्बन्धी कागजातमा
खरिद ऐनको दफा १३ मा उल्लिखित कुराको अतिरिक्त आवश्यकतानुसार देहायका
कुरा उल्लेख गर्न सकिनेछ ः–
(क) प्रस्तावित कामको योजना, नक्शा,
(ख) बील अफ क्वान्टिटीज,
(ग) मालसामानको परिमाण,
(घ) बोलपत्रदाताले गर्नु पर्ने भैपरी आउने काम,
(ङ) मालसामान आपूर्ति गर्ने, निर्माण कार्य सम्पन्न गर्ने समय,
(च) वारेण्टी तथा मर्मत सम्भार सम्बन्धी व्यवस्था,
(छ) बोलपत्रदाताले प्रदान गर्नु पर्ने आवश्यक तालिम र सुपरीवेक्षणको
किसिम र परिमाण,
(ज) आपूर्ति गरिने मालसामान वा जगेडा पार्टपूर्जाहरु नया“ र सक्कली हुनु
पर्ने कुरा,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
ठठ
(झ) प्रस्तावित खरिदको लागि आवश्यक पर्ने रकम प्राप्त हुने स्रोत ।